विराटनगरबाट तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

Newslaya Home

विराटनगरबाट तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

बुधबार ०८, जेठ २०७६

विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–१६ स्थित कैलाश डंगोलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६३ हजार ५ सय ७५ नेपाली रुपैयाँ र एक हजार तीन सय भारतीय रुपैयाँ सहित आठ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाविरुद्ध बुधबार जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।