घुस लिएको भन्दै इटहरीका मेयरले सब ओभरसियरलाई नगरपालिकाबाट निकाले

Newslaya Home

घुस लिएको भन्दै इटहरीका मेयरले सब ओभरसियरलाई नगरपालिकाबाट निकाले

बुधबार ०८, जेठ २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीसँग घुस लिएको भन्दै सब ओभरसियर राम खड्कालाई नगरपालिका परिसरबाट निकालेका छन् ।

एक जना सेवाग्रहीको घर सम्पन्न गर्दा घुस लिएको गुनासो मेयरसँग आएपछि उनले खड्कालाई नगरपालिका नआउनू भन्दै निकालेको जनाइएको छ ।

खड्काले घुस लिएको प्रमाणित भएको हुँदा आफूले कार्यालयबाट निकालेको मेयर चौधरीले बताए ।