इण्डोनेसियामा चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाको मृत्यु

Newslaya Home

इण्डोनेसियामा चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाको मृत्यु

बुधबार ०८, जेठ २०७६

काठमाण्डौ । इण्डोनेसियाका पुनः निर्वाचनको माग गर्दै भएको प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ भने २ सयजना भन्दा बढी घाइते भएका छन् ।

चुनाव परिणाममा राष्ट्रपति विडोडोले प्रतिद्वन्द्वी प्रवोओ सुविआन्तोलाई पराजित गरेका थिए । इण्डोनेशियाको निर्वाचन आयोगले राष्ट्रपति पदमा ५५ दशमलव ५ प्रतिशत मत ल्याउँदै विडोडो विजयी भएको बताएको छ ।

मे २१ मा विडोडो राष्ट्रपतिमा निर्वाचित भएपछि सुविआन्तोका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।