डीभीएम स्कुलमा डोजर चल्यो (भिडियोसहित)

Newslaya Home

डीभीएम स्कुलमा डोजर चल्यो (भिडियोसहित)

बुधबार ०८, जेठ २०७६

इटहरी । सुनसरीको इटहरीस्थित डीभीएम स्कुलको जग्गामा डोजर चलेको छ । इटहरी उपमहानगरपालिकाले डोजर चलाएको हो ।

बुधबार दिउँसो डोजरसहित पुगेका इटहरीका मेयर द्वारिकलाल चौधरीको निर्देशनमा डोजर चलेको हो । डोजरले जनता पार्कको लागि जग्गा घेर्न सम्याउने काम थालेको छ ।

उपमहानगरपालिकाले उक्त जग्गामा जनता पार्क बनाउने निर्णय गरेर शिलान्याससमेत गरिसकेको छ । विहीबारदेखि अझ व्यवस्थित तरिकाले जनता पार्कको निर्माण गरिने मेयर चौधरीले जानकारी दिए । उनका अनुसार डीभीएमको भवन भने केही नगरिने उनले बताए ।