उपचाररत डा. विमल अग्रवालको मृत्यु

Newslaya Home

उपचाररत डा. विमल अग्रवालको मृत्यु

बुधबार ०८, जेठ २०७६

विराटनगर । ब्रेन डेड भएर विराटनगरको नोबेल अस्पतालमा उपचाररत् डा. विमल अग्रवालको मृत्यु भएको छ ।

विराटनगरका लोकप्रिय बरिष्ठ बालरोग विशेषज्ञ डा. अग्रवालको मंगलबार राति १० बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाल मुटुमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए ।

त्यहा अन्जिओप्लास्टी गर्ने क्रममा उनलाई मस्तिष्कघात भएको थियो । एन्जियोप्लास्टी गर्दा यस्तो दुर्घटना निकै दुर्लभ मानिन्छ । मस्तिष्कघात भएपछी सामान्य अवस्थामा फर्काउन लगभग असम्भव हुने चिकित्सकहरु बताउछन् ।