पाँचथर हत्या काण्डः झुण्डिएको अवस्थामा अर्को युवकको शव फेला

Newslaya Home

पाँचथर हत्या काण्डः झुण्डिएको अवस्थामा अर्को युवकको शव फेला

मङ्गलबार ०७, जेठ २०७६

पाँचथर । पाँचथरको मिक्लाजुङमा नौ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

शव मानबहादुर माखिमको भएको प्रहरीले पुष्टि गरको छ । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको छ ।

सोमबार राति बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्पाको परिवारको हत्या भएको हो । रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिम बमबहादुरका कान्छा ज्वाइँ भएको खुलेको छ ।

आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारी समूहले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

सीताको दायाँ हात भाँच्चिएको र उनलाई थप उपचारका लागि फिदिम पुर्याइएको छ ।

पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सय बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । हत्याको पछाडि पारिवारीक कारण हुनसक्ने आशंका गरिएको छ ।