विभत्स हत्या गरिएको घरमा एक साताअघि सिसा हालेर खाना खुवाइएको थियो

Newslaya Home

विभत्स हत्या गरिएको घरमा एक साताअघि सिसा हालेर खाना खुवाइएको थियो

मङ्गलबार ०७, जेठ २०७६

काठमाडौं । गएराती विभत्स हत्या गरिएका पाँचथरका दुई परिवारमध्ये एक जनाको घरमा केही समयअघि अनौठो घटना घटेको थाहा भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा ५ जनाको हत्या भएको घरमा एक साताअघि बनाइएको खानामा सीसाको धुलो पाइएको थियो ।

खानामा प्रयोग गरिएको नुनमा सिसाको धूलो पनि हालेको पाइएको थियो । उक्त खाना खाएर केही मान्छे बिरामी पनि भएका थिए । अहिले त्यही घरमा हत्या भएको हो ।

त्यतिबेला नुनमा कसले सिसा हालेको थियो भन्ने कुरा अझै खुलेको छैन । तर १७ वर्षिकी रेनुका दास, १९ वर्षिकी बिष्णु विक र सोना लिम्बू, ९ वर्षकी मुना लिम्बू, २३ वर्षिकी मनकुमारी फियाक, २२ वर्षिकी लक्ष्मी लिम्बू, १८ वर्षकी मनिषा लिम्बू र बाँकि एक जना बिरामी भएका थिए ।

गैर सरकारी संस्था मिलन केन्द्र नेपालले आयोजना गरेको तालिममा सहभागि १५ जनामध्ये खाजा खाने आठ जना बिरामी परेका हुन् । बिरामी परेपछि उनीहरुले खाएको खाजामा प्रयोग गरिएको नुनमा हेर्दा सिसाका कण जस्तो वस्तु मिसाइएको भेटिएको थियो ।