फुटबल खेलाडी चढेको डुंगा पल्टिँदा ९ जनाको मृत्यु, १८ जना बेपत्ता

Newslaya Home

फुटबल खेलाडी चढेको डुंगा पल्टिँदा ९ जनाको मृत्यु, १८ जना बेपत्ता

मङ्गलबार ०७, जेठ २०७६

काठमाण्डौ । युगान्डामा ५० जना फुटबल खेलाडीहरु सवार रहेको डुंगा एल्बर्ट तालमा पल्टेको छ । घटनामा परेर नौ जनाको मृत्यु भइसकेको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।

अधिक वजन र खराब मौसमको कारण डुंगाको सन्तुलन बिग्रदा डुंगा पल्टेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

घटना हुनासाथ नजिकै रहेका माझी लगाएका व्यक्तिहरुले करिब १ घण्टाभित्र ३२ जनाको उद्धार गरेका थिए । अझैं धेरै जना मानिस हराइरहेको बताइन्छ ।