पाँचथर हत्याकाण्डः अनुसन्धानमा कुकुरदेखि सिआइबीको टोलीसम्म

Newslaya Home

पाँचथर हत्याकाण्डः अनुसन्धानमा कुकुरदेखि सिआइबीको टोलीसम्म

मङ्गलबार ०७, जेठ २०७६

पाँचथर । पाँचथरको मिक्लाजुङमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्।

घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि घटनास्थलतर्फ जाने तयारी भइरहेको जनाइएको छ ।

प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा रहेका छ । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी कार्य सुरु गरिसकेको जनाएको छ।

गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। हत्या किन र कसले गरेको हो भन्ने केही खुल्न सकेको छैन।