आफ्नै स्वागत कार्यक्रममा मन्तब्य राख्दाराख्दै बेहोस भएर मृत्यु

Newslaya Home

आफ्नै स्वागत कार्यक्रममा मन्तब्य राख्दाराख्दै बेहोस भएर मृत्यु

सोमबार ०६, जेठ २०७६

पाँचथर । फिदिम नगरपालिका १४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक बेहोस भएर ढलेको केही समयमै मृत्यु भएको छ ।

विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नव नियुक्त शिक्षक लालबहादुर फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तब्य राख्ने क्रममा उनको मृत्यु भएको हो ।

कार्यक्रममा मन्तब्य राखिसक्ने बित्तिक्कै शिक्षक फागो बेहोस भएर ढल्न पुगेको स्थानीय राम बाँस्कोटाले बताए । अचानक बेहोस भएर ढल्न पुगेका फिदिम–११, मुलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको केहीबेरमै मृत्यु भएको बताइएको छ ।

शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बास्कोटाले बताए ।