२६ वर्षिया सेलेना गोमेज ४२ वर्ष जेठो बिल मुर्रेसँग विवाह गर्दै

Newslaya Home

२६ वर्षिया सेलेना गोमेज ४२ वर्ष जेठो बिल मुर्रेसँग विवाह गर्दै

सोमबार ०६, जेठ २०७६

एजेन्सी । हलिउडकी चर्चित गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूभन्दा ४२ वर्षिया वृद्ध अभिनेता बिल मुर्रेसँग विवाह गर्ने भएकी छिन् ।

२६ वर्षकी गोमेजले ६८ वर्षे मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राममार्फत् दिएकी छिन् ।

अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं,’ उनले लेखेकी छिन् ।

‘फिल्म फेस्टिबल २०१९’ मा उपस्थित भएर घर फर्किसकेकी सेलेना गोमेजले यस्तो जानकारी दिएकी हुन् । कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए ।