किर्ते अभियोगमा पूर्व सासंद र राजपा केन्द्रीय सदस्य जेल चलान

Newslaya Home

किर्ते अभियोगमा पूर्व सासंद र राजपा केन्द्रीय सदस्य जेल चलान

सोमबार ०६, जेठ २०७६

राजविराज । किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज, सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा पुर्व सांसद जेल चलान गरिएका छन् ।

पूर्व सासंद बीपी यादवसहित र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डलसमेत जेल चलान भएका हुन् ।

सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते गरी उपभोक्ता समिती गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।

उक्त प्रकरणमा पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजन इन्जिनियर राजकुमार गोइतलाई ४ लाख रुपैयाँ धरौटी लिने आदेश भएको जिल्ला अदालत सप्तरीले जनाएको छ।