८ ठाउँमा डकैती गरेको आरोप लागेका कालेमाथि गोली प्रहार

Newslaya Home

८ ठाउँमा डकैती गरेको आरोप लागेका कालेमाथि गोली प्रहार

सोमबार ०६, जेठ २०७६

काठमाडौ । प्रहरीले काले भन्ने बिष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ । तामाङ डकैती आरोपमा प्रहरीको खोजि सुचीमा थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे कालेलाई काठमाडौँको टोखामा गोली हानेर नियन्त्रणमा लिएको हो ।

तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए ।

कारागार मुक्त भएलगत्तै उनले उपत्यकाका ८ ठाँउमा डकैती गरेको आरोपमा महाशाखाको टोलीले खोजी रहेको थियो ।