कटारीमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

Newslaya Home

कटारीमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

आइतबार ०५, जेठ २०७६

उदयपुर । उदयपुरको कटारी –१४ घुर्मीको लामीडाँडा भन्ने स्थानमा आइतबार ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ।

मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेको हो ।

दुर्घटनामा ट्रिपरका सह चालक सिन्धुली दुधौलीका २० बर्षीय लीलाबहादुर सार्की र ट्रिपरमा सवार कटारी –५ भोर्ले का नामथर नखुलेका (माइलो) भनेर चिनिने अन्दाजी २५ बर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

ट्रिपरका चालक सिन्धुली दुधौलीका ४० बर्षीय हर्कबहादुर सार्की प्रहरीको नियन्त्रणमा छन्।