मोरङ प्रशासन कार्यालय अगाडि रोए पत्रकार (भिडियोसहित)

Newslaya Home

मोरङ प्रशासन कार्यालय अगाडि रोए पत्रकार (भिडियोसहित)

आइतबार ०५, जेठ २०७६

विराटनगर । मोरङका पत्रकारले प्रशासन कार्यालय अगाडि रोएर विरोध गरेका छन् ।

सरकारले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी ल्याएका विधेयक पारित भए त्यसले पत्रकार रुने अवस्था आउने जनाउँदै उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा रोएर विरोध गरेका हुन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको रुने कार्यक्रममा सहभागीले डाको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

युनियनको रोएर सरकारको विरोध गर्ने कार्यक्रममा प्रदेश १ राजधानी विराटनगरका विभिन्न सामाजिक संघसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन् ।