इटहरीका काफ्ले एक हप्तादेखि वेपत्ता, खोजी गरिदिन परीवारको आग्रह

Newslaya Home

इटहरीका काफ्ले एक हप्तादेखि वेपत्ता, खोजी गरिदिन परीवारको आग्रह

आइतबार ०५, जेठ २०७६

काठमाण्डौ । काठमाडौबाट इटहरीका एकजना युवक एक हप्तादेखि वेपत्ता भएका छन् । ३० बर्षीय विपिन देब काफ्ले गत आइतबारदेखि वेपत्ता भएको भन्दै उनकी श्रीमतीले श्रीमान् खोजिदन आग्रह गरिकी छिन् ।

बा ९१ प २५५० नम्बरको स्कुटर सहित उनि कार्यरत अग्नी ग्रुपको अफिस जान भनि घरबाट हिडेका काफ्ले अहिलेसम्म घर नफर्किएको परिवारले बताएका छन् ।

परिवारजनले काफ्लेको खोजी गरिदिन सबैमाझ आग्रह समेत गरेका छन् । फोटोमा देखिएको व्यक्ति कतै देखिए वा फेला परे ९८६०२३२४९४ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

यता प्रहरीले पनि विपिनको खोजतलास गरिरहेको जनाएको छ ।