भारतको चुनाव परिणाम किन कुर्दैछन् पुर्वराजा ज्ञानेन्द्र ?

Newslaya Home

भारतको चुनाव परिणाम किन कुर्दैछन् पुर्वराजा ज्ञानेन्द्र ?

आइतबार ०५, जेठ २०७६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिखेर थाइल्याण्डको बैंककमा छन् । त्यहाँ उनी सपरिवार जाँदैछन् ।

आइतबार दिउँसो १ बजेको फ्लाइटमा थाइल्याण्डको बैंकक जाँदै गरेका उनी त्यहाँबाट भारतीय लोकसभा निर्वाचनको मत परिणाम हेर्दैछन् ।

श्रीमती कोमल, बुहारी हिमानीसंगै अन्य सदस्यसहित जाने तयारीमा रहेका उनले भारतीय लोकसभाको चुनावको नतिजालाई व्यग्रताका साथ पर्खिरहेको बताइएको छ ।

चुनावअघि नेपालको तराई क्षेत्रमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पक्ष बलियो बनाउन भूमिका खेलेको दावी गरिएका पूर्वराजाले भारतीय चुनावलाई विशेष चासो दिइएको बताइएको छ ।

मोदीले चुनाव जितेमा नेपालमा एकपटक फेरि हिन्दू धर्म र राजसंस्था फर्कन सक्ने दावी समेत गर्दै आइएको छ ।

नातिनी पूर्णिकाको दीक्षान्त समारोहसमेतको अवसर मिलाएर उनीहरु बैंकक जान लागेका हुन् ।
पूर्वराजपरिवार दुई सातासम्म बैंककमै रहने बुझिएको छ ।

उक्त समयमा केही राजनीतिक भेटघाटसमेत हुने स्रोतको दावी छ ।