झापाबाट गएको बस त्रिशुलीमा यसरी खस्यो (फोटोहरु), ५ जनाको मृत्यु, २९ घाइते

Newslaya Home

झापाबाट गएको बस त्रिशुलीमा यसरी खस्यो (फोटोहरु), ५ जनाको मृत्यु, २९ घाइते

आइतबार ०५, जेठ २०७६

इटहरी । झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बस धादिङको गजुरी गाउँपालिका ६, बन्छेटारबाट

त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा हालसम्म ४ पुरुष र एक महिलाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।मृतकको सनाखत हुन बाँकी छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । गम्भीर रहेका करिब एक दर्जन घाइतेलाई काठमाडौं लाने तयारी भइरहेको पनि प्रहरी जनाएको छ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको थियो । बसको आधा भाग मात्रै नदीमा डुबेको छ । बसलाई नदी बाहिर निकाल्न सकिएको छैन ।