त्रिशुलीमा खसेको बसबाट कम्तीमा ३ जनाको शव निकालियो (अपडेटसहित)

Newslaya Home

त्रिशुलीमा खसेको बसबाट कम्तीमा ३ जनाको शव निकालियो (अपडेटसहित)

आइतबार ०५, जेठ २०७६

इटहरी । त्रिशुली नदीमा खसेको बसबाट कम्तीमा तीन जनाको शव निकालिएको छ । झापाको काकरभिट्टाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको थियो ।

बस धादिङको गजुरी–६ बाट त्रिशुली नदीमा खसेको हो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । यद्यपी अहिलेसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

दुर्घटनामा परेको बसको नम्बरसमेत खुल्न नसकेकोले के कारणले दुर्घटना भएको हो र को को सवार थिए भन्ने पहिचान गर्न गाह्रो भएको पनि उनले बताएका छन् ।