नेपालको एउटा वडामा पशुपन्छी पाल्न र मासु खान प्रतिबन्ध, ५० हजार जरिवाना

Newslaya Home

नेपालको एउटा वडामा पशुपन्छी पाल्न र मासु खान प्रतिबन्ध, ५० हजार जरिवाना

आइतबार ०५, जेठ २०७६

गोरखा । गोरखाको एउटा वडामा मासु खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाइएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ४ मा प्रतिबन्ध लगाइएको हो ।

वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुने वडाअध्यक्ष पेमा डुन्डुप लामाले जानकारी दिए ।

त्यती मात्र होइन, कोही कसैले काटमार गरेको घटनाबारे सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय गरिएको उनले बताए ।

जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमा खर्च गर्ने योजना छ ।

चुमनुब्री–१ का केही गाउँहरु पहिलादेखि नै काटमार निषेधित गाउँ मानिन्छन् । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो ।