प्रेस स्वतन्त्रता माग्दै सिके राउतले भने, ‘मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त’

Newslaya Home

प्रेस स्वतन्त्रता माग्दै सिके राउतले भने, ‘मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त’

शनिबार ०४, जेठ २०७६

जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ ।

प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो । र्यालीपछि नाराबाजीसमेत गरेको थियो ।

प्रदेश सरकारले आफुले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीहरुमाथि नै अंकुश लगाउने गरी विधेयक ल्याएको जनमत पार्टीका संयोजक डा. सिके राउतले बताए ।

अध्यक्ष राउतले अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरु छोटे राजा बनेको आरोप लगाए । कार्यक्रममा बोल्दै संयोजक राउतले जनप्रतिनिधिहरु शासकको दम्भमा अराजक रुपमा भ्रष्टमा लिप्त हुँदै गएको बताए ।

मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त रहेको भन्दै राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको उनले बताए । तर नेतामात्रै दोषी नभएर जनतासमेत दोषी रहेको राउतले बताए ।