ध्यान गर्न गुफाभित्र छिरे प्रधानमन्त्री नरेन्द्र मोदी

Newslaya Home

ध्यान गर्न गुफाभित्र छिरे प्रधानमन्त्री नरेन्द्र मोदी

शनिबार ०४, जेठ २०७६

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पार्टीको प्रचार प्रसार सकेर ध्यान गर्न गुफामा पसेका छन् । भारतमा लोकसभा चुनावको मतगणना हुनुअघि उनी गुफा पसेका हुन् ।

उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ मा उनी शनिबारदेखि ध्यान बसेका छन् । पहेँलो वस्त्रमा ध्यानस्थ मोदी आइतबार बिहान मात्रै ध्यानबाट उठ्ने बताइएको छ ।

भारतीय च्यानल ‘एएनआई’ ले उनी गुफाभित्र ध्यान गरिरहेको तस्बिर सार्वजनिक गरेपछि अहिले सामाजिक संजालमा भाइरल नै बनाइएको छ । यहाँबाट उनी आइतबार बद्रीनाथ जाने कार्यक्रम छ ।

मोदी प्रधानमन्त्री भइसकेपछि यसअघि मात्रै तीन पटकसम्म केदारनाथ भ्रमण गरिसकेका थिए । प्रधानमन्त्री बनेपछि केदारनाथमा यो उनको चौथो भ्रमण हो ।