‘ब्राले हात र बेल्टले घाँटीमा बाँधेर जबरजस्ती गर्न खोज्यो’

Newslaya Home

‘ब्राले हात र बेल्टले घाँटीमा बाँधेर जबरजस्ती गर्न खोज्यो’

शनिबार ०४, जेठ २०७६

धनगढी । महिलालाई जंगलको रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–८ लोहरपुरका मनिश चौधरी पक्राउ परेका हुन् ।

प्रहरी कार्यालयका अनुसार भरताल वनमा उनले एक महिलालाई धारिलो चक्कु देखाउँदै रुखमा बाँधी जबरजस्तीकरणी गर्न खोजेका थिए ।

पीडितले भनिन्, ‘लगाएको सम्पूर्ण कपडाहरू खोल्न लगायो । ब्राले हात पछाडिबाट बाँध्यो अनि आफ्नो बेल्टले रुखमा मेरो घाँटी बाँधेर जबरजस्ती गर्न खोज्यो ।’

त्यती नै बेला महिलाले आफ्नो साइकल सडक छेउमै रहेको र पर्समा पैसा समेत छ भनेपछि ती व्यक्ति साइकल, मोबाइल र पैसा लिन गएको मौका छोपी भाग्न सफल भएको बताएकी छिन् ।

त्यस्तै अर्की एक २० वर्षिया युवतीको कोठामै प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले डोटीको शिखर नगरपालिका ५ का ४५ वर्षीय धनकुमार जोशीलाई पक्राउ गरेको छ ।