बुद्ध जयन्तीकै दिन हजारौं पशुपक्षीको बली चढाइयो

Newslaya Home

बुद्ध जयन्तीकै दिन हजारौं पशुपक्षीको बली चढाइयो

शनिबार ०४, जेठ २०७६

सिरहा । आज (शनिबार) अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । बुद्ध जन्म जयन्ती दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता तथा आस्था छ ।

तर, सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा आज हजारौं पशुपक्षीको बली चढाइएको छ । राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका साथ यहाँ प्रत्यक वर्ष आजकै दिन हजारौंको संख्यामा पशुपक्षी बली दिने गरिएको हो ।

राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउनेको घुँइचो नै लाग्ने गरेको छ ।