किरात समुदायको उभौली पर्व आजबाट सुरु

Newslaya Home

किरात समुदायको उभौली पर्व आजबाट सुरु

शनिबार ०४, जेठ २०७६

सुनसरी । किरात समुदायले शनिबार (आज) उभौली पर्व मनाउदै छन् । वैशाख शुक्ल पूर्णिमादेखि किरातहरुले चण्डीनाच नाच्दै एक महिनासम्म उभौली पर्व मनाउने गर्छन् ।

किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नकालागि हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डीनाच नाचिन्छ ।

नाचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डीपूर्णिमा पनि भनिन्छ ।

यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ ।