इटहरीमा कतिले भरे बेरोजगारको फर्म

Newslaya Home

इटहरीमा कतिले भरे बेरोजगारको फर्म

शनिबार ०४, जेठ २०७६

इटहरी । सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत इटहरीमा एक हजार एक सए दश जनाले आवेदन दिएका छन ।

स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरको हो । जस अन्तर्गत इटहरी उपमहानगरपालिका मा वैशाख २६ गते सम्ममा १११० जना बेरोजगारले आवेदन फारम भरेका छन् ।

इटहरी–८ बाट सबैभन्दा बढी १८६ जना बेरोजगारले फारम भरेका छन भने इटहरी–६ मा तिन जनाले मात्र रोजगारीको लागी आवेदन दिएका छन ।

श्रावण महिना बाट रोजगारी दिन सुरु गरिने रोजगार संयोजक सन्देश पौडेलले जानकारी दिएका छन् । स्थानीय तह, प्रदेश र केन्द्रका सार्वजनिक क्षेत्रमा रोजगारी सिर्जना गर्ने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको हो ।