सिराहामा हात्तीले आक्रमण गर्दा एक वृद्धाको मृत्यु

Newslaya Home

सिराहामा हात्तीले आक्रमण गर्दा एक वृद्धाको मृत्यु

शनिबार ०४, जेठ २०७६

सिरहा । सिराहामा हात्तीले आक्रमण गर्दा एक वृद्धाको ज्यान गएको छ । गोलबजार नगरपालिका–१० की ७० वर्षीया बुद्धमाया मगरको शुक्रवार राति हात्तीले किच्दा ज्यान गएको हो ।

छिमेकीको घरबाट टीभी हेरेर घर फर्कीरहेको बेला एक्कासी हात्तीले आक्रमण गर्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ ।

महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ । हात्तीले गोलबजार नगरपालीका–१ मुक्सारमा दुईवटा घर समेत भत्काएको प्रहरीले जनाएको छ ।