अफ्रिकाको डान्सबारमा बेचिएका १६ नेपाली युवतीको उद्दार

Newslaya Home

अफ्रिकाको डान्सबारमा बेचिएका १६ नेपाली युवतीको उद्दार

शुक्रबार ०३, जेठ २०७६

काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा अफ्रिकी देश पुर्याएर बेचिएका १६ जना नेपाली युवतीको उद्धार गरिएको छ ।

केन्याबाट १२ जना र मलावीमा बाट ४ युवतीको उद्दार गरिएको हो । उनीहरुलाई नेपाल फर्काउने र तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारी प्रहरी गरेको छ ।

उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र इन्टरपोलको सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ । मानव बेचबिखन ब्यूरोले घटनाको अनुसन्धान अघि बढाएको छ ।