अनैतिक क्रियाकलाप गर्दा गर्दै खाजाघरबाट समातिए २८ जना

Newslaya Home

अनैतिक क्रियाकलाप गर्दा गर्दै खाजाघरबाट समातिए २८ जना

शुक्रबार ०३, जेठ २०७६

काठमाडौं । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रका खाजाघरबाट २८ व्यक्तिलाई पक्राउ गरेको छ ।
अनैतिक क्रियाकलाप गर्दा गर्दै उनीहरुलाई पक्राउ गरेको हो । स्थानीयबासीको गुनासोका आधारमा छापा मारि ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । चेकजाँच गर्न पुगेको प्रहरीलाई एउटा खाजाघरले १८ हजार रुपैया घुस दिन खोजेको थियो । लगत्तै प्रहरीले ती खाजाघर सञ्चालकलाईसमेत नियन्त्रणमा लिएर छापा मारेको थियो ।