किरात राज्य माग गर्दै उभौली मनाउने तयारी

Newslaya Home

किरात राज्य माग गर्दै उभौली मनाउने तयारी

शुक्रबार ०३, जेठ २०७६

धरान । जेठ ४ गते वैशाखे पुर्णेदेखि शुरु हुने उभौली पर्वमा प्रदेशको नामाकरण किरात हुनुपर्ने माग गर्दै १५ दिन सम्म किरात राईहरुले साकेला पर्व मनाउने भएका छन् ।

किरात राई यायोख्खा सुनसरी जिल्ला समितीले विहिबार पत्रकार सम्मेलन गर्दै किरात राज्यका लागि अभियानको रुपमा साकेला मनाईने बताएको छ ।

१५ दिनसम्म चल्ने यो पर्वको पहिलो दिन वैशाखे पुर्णेको दिन धरान १४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबार क्षेत्र विजयपुर गढीमा किरात जन्य संगठनहरुले सामुहिक रुपमा ढोल झ्याम्टाको सुरुवात गर्ने भएका छन् । जेठ १८ गते सम्पन्न हुने यो पर्वको समापनमा जिल्लाका प्रारम्भीक कमिटीहरु बिच साकेला सिलि प्रदर्शनी प्रतियोगिता धरान १७ साकेला साँस्कृतिक पार्कमा सम्पन्न हुनेछ ।

किरात राईहरुको पहिचान र अस्तित्वलाई बचाई राख्न आफ्नो पहिचान र सांस्कृतिक अभियानको रुपमा राजनितिक अभियान पनि थालेको साकेला उभौली २०७६ का प्रचार प्रसार संयोजक उपेन्द्र चाम्लिङले बताए ।

विगतमा आ आफ्नो तरिकाले आ आफ्नो गाउँ ठाउँमा आ आफ्नै तरिकाले मनाउने साकेला पर्व साकेला सिलीको मौलिकितालाई बचाइराख्न तथा साकेला सिलीको विकास, प्रचार प्रसार र प्रवद्र्धनको लागि २०५७ सालदेखि भने वृषमान राई साकेला सिली प्रतियोगिता शुरु गरेपछि भने यो पर्व सबै किरातीहरु मिलेर सामुहिक रुपमा मनाउन थालिएको छ । मसिरे पूूर्णिमामा उद्यौली र वैंसाखे पूर्णिमामा उभौलीका रुपमा मनाउदै आइरहेका छन् ।