कार्टुन वेबसाइटमा पोर्न भिडियो आउन थालेपछि ...

Newslaya Home

कार्टुन वेबसाइटमा पोर्न भिडियो आउन थालेपछि ...

बिहीबार ०२, जेठ २०७६

तपाइका छोराछोरीले हेर्ने कार्टुन वेवसाइटमा अश्लिल भिडियो आउन थाल्यो भने के होला ? ब्राजिलकाा ह्याकरले यस्तै गरेपछि संसारभरका अविभावकहरु हैरान भएका छन् ।

ब्राजिलमा बस्ने दुईजना ह्याकरले बालबालिकाले कार्टुन हेर्ने वेबसाइट ह्याक गरेर पोर्न भिडियो प्रशारण गरेपछि विश्वका १६ देशमा हंगामा मच्चिएको छ ।

बेलायत तथा रुसमा हप्ताभर नै कार्टुन नेटवर्क ह्याक भयो । ह्याकरहरुले अफ्रिका, अरब, ब्राजिल, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, हंगेरी, इटाली, मेक्सिको, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, रुस तथा टर्कीमा कार्टुन नेटवर्क ह्याक गरेका थिए ।

ह्याकरहरुले कार्टुन नेटवर्कका भिडियोको ठाउँमा अरेबिक मिम्स, ब्राजिलियन हिप हप गीत मात्र होइन ब्राजिलियन नग्न नृत्यका अश्लील भिडियोहरु अपलोड गरेका थिए ।

पछि कार्टुन नेटवर्कले वेबसाइटलाई बन्द गरी नयाँ भर्सन अपलोड गरेका थिए । तर त्यतिन्जेलसम्म ट्वीटरमा प्रयोगकर्ताले त्यस्ता भिडियो तथा फोटोका स्क्रिनसटहरु हालिसकेका थिए ।