कार्यक्रममा बज्यो ‘श्रीमान् गम्भीर नेपाली’, दुई जना पक्राउ

Newslaya Home

कार्यक्रममा बज्यो ‘श्रीमान् गम्भीर नेपाली’, दुई जना पक्राउ

बिहीबार ०२, जेठ २०७६

बुटवल । पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट दुइ युवक समातिएका छन् ।

सार्वजनिक कार्यक्रममा उक्त गान बजाउने शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

२८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवल प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् ।

गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।