लागू औषधसँगै धरानबाट मेडिकल सञ्चालक पक्राउ

Newslaya Home

लागू औषधसँगै धरानबाट मेडिकल सञ्चालक पक्राउ

बिहीबार ०२, जेठ २०७६

धरान । लागू औषध बिक्री गरेको आरोपमा धरान २ स्थित दीपक मेडिकलका सञ्चालक दीपक शाहलाई प्रहरीले पक्राउ गरेको छ । साथै लागू औषध खरिद गर्ने धरान ८ का दीपक लिम्बुसमेत समातिएका छन् ।

धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार प्रहरीले सञ्चालक शाह तथा खरिदकर्ता लिम्बूसंगै लागू औाषध टेपल ५० २ सय ४६ क्याप्सुल, स्पास्पाइन ३ सय ९२ क्याप्सुल, प्रिगाबालिन ३३ क्याप्सुल समेत बरामद गरेको छ ।