विराटनगरमा साइकलबाट लडेर विद्यार्थीको ज्यान गयो

Newslaya Home

विराटनगरमा साइकलबाट लडेर विद्यार्थीको ज्यान गयो

बिहीबार ०२, जेठ २०७६

विराटनगर । साइकलबाट लडेर विराटनगरका एक विद्यार्थीको मृत्यु भएको छ । विद्यालयमा पढेर घर फर्कदै गरेका विराटनगर महानगरपालिका–१८ घर भएका १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको हो ।

मोरंग प्रहरीका अनुसार विराटनगर–१५ मा रहेको जनविकास माविको कक्षा ८ मा अध्ययनरत अमात दिउँसो १ बजे स्कुलबाट आफैं साइकल चलाएर घर फर्कदै थिए । साइकलबाट लडेर घाइते भएपछि उपचारका लागि न्युरो अस्पताल ल्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।