रामायणको जटायु मारिएकै हो त ?

Newslaya Home

रामायणको जटायु मारिएकै हो त ?

बिहीबार ०२, जेठ २०७६

इन्टरनेटमा एउटा तस्वीर अहिले भाइरल भइरहेको छ । तस्वीरमा केही व्यक्तिले निकै ठूलो गिद्धलाई बोकेका छन् ।

यो गिद्ध रामायणमा बयान गरिएको गरुण अर्थात् । जटायु भएको केहीले बताएका छन् । जुन फानी नामक आँधीमा मारिएको सामाजिक सञ्जालमा लेखियो अनि भारतीय मिडियामा छायो ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका थिए, ‘फानी आँधीमा एक वास्तविक गरुड पंक्षीको मृत्यु भएको छ । गरुड धेरै वर्षदेखि पहाडको गुफामा बस्ने गर्‍थ्यो ।’

तर सामाजिक सञ्जालमा जे भनिएपनि उक्त पंक्षी फानी आँधीका कारण मारिएको होइन । उक्त तस्वीर सन् २०१८ को डिसेम्बरमै इन्टरनेटमा भेटिएको थियो । अनि यो कुनै पौराणिक कथामा वर्णन गरिएको जटायु पनि होइन ।

निर्भय सिंह पटेल विज्ञान महाविद्यालय, वनस्पतिशास्त्रका प्राध्यापक तथा पर्यावरणविद डा. किशोर पंवारका अनुसार तस्वीरमा देखिएको पंक्षी गिद्ध हो । धार्मिक मान्यताअनुसार यसलाई गरुड भनिन्छ । यो बाज प्रजातिको पंक्षी हो ।

रामायणको कथामा जटायुको प्रसंग उल्लेख गरिएको छ । रावणले सीतालाई अपहरण गरेर लाँदा जटायुले रोक्न खोजेको थियो ।