प्रहरीको घेराबिचमा पाँचथरमा पत्रकारको विरोध प्रदर्शन

Newslaya Home

प्रहरीको घेराबिचमा पाँचथरमा पत्रकारको विरोध प्रदर्शन

बिहीबार ०२, जेठ २०७६

फिदिम । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल बिधेयकको बिरोधमा विहीबार पाँचथरको फिदिममा पत्रकारहरु लागि पाँचथरको फिदिममा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप प्रयास गरेको छ ।

नेपाल प्रेस युनियन पाँचथरले गरेको बिरोध प्रदर्शनका क्रममा हस्तक्षेप भएको संगठनका जिल्ला अध्यक्ष भीम बाँस्कोटाले जानकारी दिएका छन् । सदरमुकाम फिदिमस्थित लोकतन्त्र चोकमा रहेको युनियनको कार्यालयबाट सुरु भएको पत्रकारहरुको बिरोध र्‍याली जिल्ला प्रशासन पुगेको थियो ।

अवरोधका बावजुद प्रशासनको प्राङ्गणमा पत्रकारहरुले प्रदर्शन गरेको बाँस्कोटाले बताए । मिडियालाई नियन्त्रण गर्ने उद्धेस्यले सरकारले विधेयक ल्याएकाले त्यसको बिरोधमा पत्रकारहरु उत्रनुपरेको पेस युनियन पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाले बताए ।

र्‍यालीपछिको कोण सभालाई पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगान, महासंघका प्रदेश सदस्य बिपेन्द्र गौतम र गणेश साम्पाङले सम्बोधन गरेका थियो ।

सम्बोधनको क्रममा बक्ताहरुले संसदमा पेस भएको बिधेयक तत्काल फिर्ता हुनुपर्ने बताएका थिए ।

कोणसभाका क्रममा पत्रकारहरुको पछाडी प्रहरीहरु घेरा हालेर तैनाथ थिए ।