सिरहामा बसको ठक्करबाट एक युवकको मृत्यु

Newslaya Home

सिरहामा बसको ठक्करबाट एक युवकको मृत्यु

बिहीबार ०२, जेठ २०७६

सिरहा । लहान–१२ स्थित पडरिया चौकमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका– ११ का २३ वर्षीय ओम मण्डल रहेको प्रहरीले जानएको छ ।

पूर्वबाट आउँदै गरेको ना ६ ख ७८६४ नम्बरको बसको ठक्करबाट गम्भिर घाईते भएका ओम मण्डलको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

बस र चालक झापाको मेची नगरपालिका–११ का ४२ वर्षीय लक्ष्मी प्रसाद दंगाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।