भोजपुरमा आगलागी

Newslaya Home

भोजपुरमा आगलागी

बिहीबार ०२, जेठ २०७६

भोजपुर । भोजपुरको पोखरे क्षेत्रमा आगलागी भएको छ । भोजपुर नगरपालिका– ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । आगो नजिकैको घरमा समेत फैलिएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । भोजपुर नगरपालिकाको दमकल पुग्न सकेको छैन ।

घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको जनाइएको छ ।