जेठको दोस्रो साता लोकसेवाको विज्ञापन खुल्दै, १३ हजारले जागिर पाउने

Newslaya Home

जेठको दोस्रो साता लोकसेवाको विज्ञापन खुल्दै, १३ हजारले जागिर पाउने

बिहीबार ०२, जेठ २०७६

काठमाडौं । जेठको दोस्रो साता लोकसेवा आयोगको विज्ञापन प्रकाशन हुने भएको छ ।
स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेलगत्तै विज्ञापन प्रकाशन हुने निश्चित भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भवतः अब ब्स्ने मन्त्रिपरिषद् बैठकबाट लोकसेवाको बधा अड्काउ फुकाउ प्रस्ताव पारित हुनेछ र त्यसलगत्तै लोकसेवा आयोगले झन्डै १३ हजार पदमा विज्ञापन गर्नेछ ।

खरिदार, नायब सुब्बा र अधिकृतस्तर गरी १३ हजार बढी पदमा भर्ना खुल्नेछ । अधिकृतस्तरको पदमा १ हजार र नायब सुब्बास्तरमा ३ हजार पदमा नयाँ विज्ञापन गरिने तयारी गरिएको आयोग स्रोतले जनाएको छ ।

स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएको छ भने संघीय सरकारमा श्रेणीगत व्यवस्था गरिएको छ ।