पत्नीमाथि एसिड प्रहार, अवस्था गम्भीर, पति पक्राउ

Newslaya Home

पत्नीमाथि एसिड प्रहार, अवस्था गम्भीर, पति पक्राउ

बिहीबार ०२, जेठ २०७६

काठमाडौं । राजधानीको कालोपुलकी जेनी खड्कामाथि बुधबार राती एसिड प्रहार गरिएको छ । एसिड प्रहारबाट उनी गम्भीर घाइते भएकी छिन् ।

घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ ।

कीर्तिपुर अस्पतालमा उनको उपचार भइरहेको छ । तर अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ । खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन् । खड्का भुजेलकी दोस्री पत्नी हुन् । उनका दुई वर्षका छोरा छन् ।

भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।

यसअघि २०७१ फागुनमा राजधानीको झोंछेमा ट्युसन पढ्न गएका दुई किशोरी सीमा बस्नेत र संगीता मगरमाथि एसिड प्रहार भएको थियो ।