कारागारका प्रहरीकै पेस्तोल गायब

Newslaya Home

कारागारका प्रहरीकै पेस्तोल गायब

बुधबार ०१, जेठ २०७६

विर्तामोड । जिल्ला कारागार झापाको सुरक्षामा खटिएका प्रहरीको १४ राउण्ड गोली सहितको इटलियन पेस्तोल हराएको छ ।

प्रहरी नायव निरीक्षक नरेश आचार्य विदामा रहेका बेला उक्त पेस्तोल हराएको हो ।

हतियार सहित गोली नभेटिएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठको संयोजकत्वमा उक्त विषयमा छानबिन भइरहेको छ ।