छ्यास छ्यास्ती भेटिन थाल्यो दुई देशको नागरिकता, नेपाली लाइसेन्ससँगै आधारकार्ड भेटियो

Newslaya Home

छ्यास छ्यास्ती भेटिन थाल्यो दुई देशको नागरिकता, नेपाली लाइसेन्ससँगै आधारकार्ड भेटियो

बुधबार ०१, जेठ २०७६

बिराटनगर । लाइसेन्सको जाँच गर्ने क्रममा मोरंगमा एक व्यक्तिसँग भारतको आधार कार्ड भेटिएको छ । नेपाली लाइसेन्ससँगै भारतीय आधारकार्ड बरामद गरिएको हो ।

मंगलबार राति विराटनगरको खारजी चौकमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३६ वर्षीय विमलेश साहको साथबाट उक्त कार्ड फेला पारेको हो ।

साहको साथबाट नागरिकता बरामद गरेकाले पक्राउ गरेर अनुसन्धानको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

राति चेकजाँचका क्रममा पक्राउ परेका साह को २६ प ३१६७ नम्बरको मोटरसाइकलमा सवार थिए । उनीसँग ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परेको श्रेष्ठले बताए ।

पक्राउ परेका साह विरुद्ध दोहोरो नागरिकता किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।