धरानमा पनि विरोध, सञ्चारमन्त्रीको राजिनामा मागियो

Newslaya Home

धरानमा पनि विरोध, सञ्चारमन्त्रीको राजिनामा मागियो

बुधबार ०१, जेठ २०७६

धरान । गत वैशाख २६ गते संसदमा पेश भएको नेपाल मिडिया काउन्सील विधेयकका प्रावधानप्रति विरोध जनाउँदै धरानमा पनि पत्रकारहरुले कालो पट्टी बाँधेका छन् ।

नेपाल पत्रकार महासंघको निर्देशनमा देश भरीका जिल्ला शाखाहरुको अगुवाईमा गरेको कार्यक्रमअनुसार सुनसरीको धरानमा पनि विरोध कार्यक्रम गरिएको हो ।

धरानमा आयोजित विरोध सभामा महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लले संचारकर्मी समेत रहेको संचारमन्त्रीले नै स्वतन्त्रता हनन् हुने गरीको विधेयक ल्याउनु लज्जास्पद रहेको दाबी गरे ।

स्थानीय तह अगाडि कालोपटि बाँधेर विरोधमा उत्रिएका सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, सञ्चारमन्त्री गोकुल बास्कोटा राजीनामा दे लगायतका नारा समेत लगाएका थिए ।

उनीहरुले यो विधेयक खारेज नहुन्जेल निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रम अनुरुप जेष्ठ ३ गते देश भरका जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार सामाग्री सहित धर्ना दिन कार्यक्रम तय गरिएको छ ।