दिव्यरोशनीबाट ३ संचारकर्मी सहित ५ जना सम्मानित

Newslaya Home

दिव्यरोशनीबाट ३ संचारकर्मी सहित ५ जना सम्मानित

बुधबार ०१, जेठ २०७६

धरान । महिला प्रकाशक र सम्पादक रहेको धरानबाट प्रकाशित दिव्यरोशनी साप्तहिकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा ३ सञ्चारकर्मी सहित पाच जनालाई सम्मान गरेको छ ।

दिव्यरोशनी साप्ताहिक पत्रिकाले १४ बर्ष पूरा गरी १५ औं बर्षमा प्रवेश गरेको अवसरमा चाम्लिङका बुबा क्वीन गोरखा ईञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान बाट अन्नपुर्ण दैनिकका धरान सम्वाददाता रत्न आचार्य, प्रबोध साप्ताहिककी प्रधान सम्पादक जमुना देवी श्रेष्ठ र दिवंगत दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको शिर्जनशिल युवा पत्रकारिता पुरस्कार बाट महाप्रतिवाद साप्ताहिकका प्रधान सम्पादक तारा लाम्गादेलाई जनही नगद ५ हजार ५ सय ५ रुपैया सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

यस्तै समाजसेवामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै महिला संजाल धरानकी अध्यक्ष सबिता राई र स्वास्थ्य सेवामा योगदान दिएका हाईकिङ बाबा राजीव हलुवाईलाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष विक्रम लुईटेल र सुनसरी जिल्ला अध्यक्ष अमर खड्काले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रमको अवसरमा नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि अन्तरक्रिया समेत गरिएको थियो । अग्रज पत्रकार जनक ऋषि राईले प्रस्तुत गरेको कार्यपत्र माथि अतिथीहरुले टिप्पणी गरेका थिए ।

कार्यक्रममा बोल्दै महासंघ प्रदेश अध्यक्ष लुइटेलले विधेयक संगै फौजदारी संहिताको आचार संहिता पनि कार्यान्यवनमा आउन नहुने बताए । विधेयकले नागरिक, गरिब जनता संग जोडिएका आम नागरिकको चासोको विषयहरु ओझेलमा पर्ने उनको भनाई छ ।

कार्यक्रममा महासंघ सुनसरी अध्यक्ष अमर खड्का, अग्रज पत्रकार गिरिराज आचार्य, हर्ष सुब्बा लगायतले शुभकामना दिएका थिए ।