अमेरिकामा बलात्कारबाट बसेको गर्भसमेत पतन गर्न नपाइने कानुन बन्दै

Newslaya Home

अमेरिकामा बलात्कारबाट बसेको गर्भसमेत पतन गर्न नपाइने कानुन बन्दै

बुधबार ०१, जेठ २०७६

मियामी । अमेरिकामा गर्भपतनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुने भएको छ ।

रिपब्लीकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ । गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानुनको रुप लिनेछ।

नयाँ विधेयकअनुसार बलात्कारबाट हुने गर्भसमेत तुहाउन पाइने छैन । अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानुनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ ।

सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो । तर बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्यहरु सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन् ।