उद्योगमन्त्री मातृका यादवमाथि कसले गर्यो हातपातको प्रयास ?

Newslaya Home

उद्योगमन्त्री मातृका यादवमाथि कसले गर्यो हातपातको प्रयास ?

बुधबार ०१, जेठ २०७६

काठमाडौं । उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।

सरुवाको विषयलाई लिएर विवाद हुँदा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका हुन् । उद्योग मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा यस्तो विवाद भएको थियो ।

उनीहरुले सुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ ।

कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ ।

पछि प्रहरी बोलाइएपछि ती नेताहरु भागेका थिए ।