इटहरीमा पत्रकारले एक खुट्टा उचालेर विरोध प्रदर्शन गरे

Newslaya Home

इटहरीमा पत्रकारले एक खुट्टा उचालेर विरोध प्रदर्शन गरे

बुधबार ०१, जेठ २०७६

इटहरी । इटहरीमा पत्रकारहरुले एउटा खुट्टा उचालेर नेपाल सरकारले ल्याएको विधेयकप्रति असन्तुष्टी जनाएका छन् । सरकारले मिडियालाई अंकुश लगाउन खोजेको भन्दै सुनसरीका पत्रकारले इटहरी चोकमा भेला भई विरोध जनाएका हुन् ।

सो क्रममा उनीहरुले मुखमा पट्टी बाँधी एउटा खुट्टा उचालेर केही बेर प्रदर्शन गरेका थिए । नेपाल प्रेस युनियन सुनसरीले गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेललगायतको सहभागिता थियो ।

सरकारले मिडियालाई अपांग बनाउन खोजेको भन्दै पत्रकारहरुले सांकेतिक विरोध जनाएको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए ।

संसदमा पेश गरिएको काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गर्दै बुधबार देशैभरी कालोपट्टी बाँधेर विरोध गरिएको थियो ।