धनकुटाबाट ८ किलो गाँजा बरामद

Newslaya Home

धनकुटाबाट ८ किलो गाँजा बरामद

बुधबार ०१, जेठ २०७६

धनकुटा । धनकुटाबाट प्रहरीले ८ किलो गाँजा बरामद गरेको छ । सहीदभूमी–२ अखुवाटार जंगलबाट प्रहरीले गाँजा बरामद गरेको हो ।

स्थानीय जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटा लगिएको छ ।

गाँजा कसले राखेको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।