मानिसको पेटबाट डाक्टरले निकाले ११६ वटा फलामका किला

Newslaya Home

मानिसको पेटबाट डाक्टरले निकाले ११६ वटा फलामका किला

बुधबार ०१, जेठ २०७६

काठमाण्डौ । भारतमा एक व्यक्तिको पेटबाट डाक्टरले ११६ वटा किला निकालेका छन् । ६.५ इन्च लम्बाई भएका ११६ वटा फलामका किला डाक्टरले बिरामीको पेटबाट अप्रेशन गरेर निकालेका हुन् ।

राजस्थानको बुन्दी जिल्लाका ती व्यक्तिको पेटबाट किला सहित फलामका गोली र तार निकालिएको छ ।

डाक्टरले दुई घण्टा लगाएर ४२ वर्षका पुरुषको शल्यक्रिया गरेका थिए । ती व्यक्ति मानसिक रोगी रहेको बताइएको छ ।

बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।