झापामा गोरुले हानेर श्रेष्ठको मृत्यु

Newslaya Home

झापामा गोरुले हानेर श्रेष्ठको मृत्यु

बुधबार ०१, जेठ २०७६

झापा । झापामा आफ्नै घरमा पालेको गोरुले हानेर एक जनाको ज्यान गएको छ ।
मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको गोरुले हानेर मृत्यु भएको हो ।

मङ्गलबार साँझ चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको ज्यान गएको थियो । अबेरसम्म घर नफर्किएपछि खोज्दै जाँदा ज्यान गुमाइसकेको अवस्थामा श्रेष्ठलाई फेला पारको मृतकका बुबाले जनाएका छन् ।

मृतकको शव परीक्षणका लागि राति नै मेची अञ्चल अस्पताल लगिएको छ ।